चाेर बाटाेबाट अमेरिका जान खाेज्ने ४९ नेपालीलाई टर्कीबाट काठमाडाैँ फर्काइयाे

काठमाडाैँ । चाेर बाटाेबाट अमेरिका छिर्न खाेज्ने ४९ नेपाली स्वदेश फिर्ता भएका छन् ।  अवैध बाटाे हुँदै अमेरिका छिर्न खाेज्ने उनीहरुलाई टर्कीबाट नेपाल फिर्ता पठाइएकाे हाे ।

भारतबाट सबै कागजपत्र मिलाएर अमेरिका जान भनेर हिँडेका उनीहरुलाई टर्किस् एयरलाइन्सकाे जहाजमार्फत् काठमाडाैँमा अवतरण गरिएकाे त्रिभुवन विमानस्थलले जनाएकाे छ । 

मेक्सिकाे हुँदै अमेरिका जान खाेज्ने उनीहरुलाई हिजाे (शनिबार) टर्कीबाट नेपाल फर्काइएकाे हाे। उनीहरु भारत,मेक्सिकाेलगायत विभिन्न देश हुँदै अमेरिका छिर्न खाेजेका थिए । 

मेक्सिकोबाट आज बिहान उनीहरु काठमाडौं आइपुगेका छन् । 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ११ : ३७ बजे