‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मदन भण्डारी मेमोरियल कलेजमा अन्तराष्ट्रियस्तरको ह्याकाथन कार्यक्रम

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजले नेपालमै पहिलो अन्तराष्ट्रियस्तरको ‘एमबिएम आइडिया एक्स २०२३’ ह्याकाथन कार्यक्रम आयोजना गरेको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संङ्गठन (युनेस्को)को सहयोग तथा प्रभु बैंकसँगको सहकार्यमा सो ह्याकाथन कार्यक्रम आयोजना गरिएको हो ।

असोज १९ देखि २१ गतेसम्म सञ्चालनमा रहने यस कार्यक्रमले प्रविधीमार्फत आदिवासी भाषाहरुको संरक्षण र प्रर्वद्धन गर्ने कलेजका विज्ञान तथा प्रविधी विभागका प्रमुख फूलबाबू झाले बताउनुभयो । कार्यक्रममा सहभागीहरुले विभिन्न विशेषज्ञहरुसँग नयाँ कुरा सिक्न पाउने उहाँको भनाइ छ ।

‘एमबिएम आइडिया एक्स २०२३’ बारे जानकारी दिन जारी गरिएको प्रेस विज्ञप्तिमा ह्याकाथन ठूलो समूहमा प्रोग्रामरहरु भेला भई कोड लेख्न, डिजाइनहरु समाधान गर्न र कोड डिबग गर्न सगैँ काम गर्ने उल्लेख छ । विभागीय प्रमुख झाद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा ४८ राष्ट्रिय तथा अन्तराष्ट्रिय समूहका चारसय ५० जनाले ह्याकथनका लागि नाम दर्ता गरिसकेको बताइएको छ ।

कार्यक्रमबारे थप जानकारी दिँदै फूलबाबु झाले बताउनु भयो, “ह्याकथनका सहभागीहरुले अनलाइन माध्यमबाट आफ्नो विचारहरु प्रस्तुत गरेका छन् । विशेषज्ञ प्यानलले विभिन्न सहरका १३ वटा समूहका ४८ जना सहभागीहरुलाई छनोट गरी अन्तिम चरणका लागि बोलाएको हो ।”

झाका अनुसार कार्यक्रम अवधीभर सबै सहभागीहरुले विशेषज्ञहरुसँग अन्तरक्रिया गरी एकआपसमा नयाँ विचारहरुको सिजर्ना गर्नेछन् । सहभागीहरुमध्ये शीर्ष ३ समूहलाई प्यानलले विजेता घोषित गर्नेछ ।

ह्याकाथन कार्यक्रमको उद्घाटन समारोह शुक्रबार, कलेज परिसरमा भएको थियो । उद्घाटन समारोहमा विभिन्न क्षेत्रका अतिथि र विशेषज्ञहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन असोज २१ गते अपरान्ह ३ बजे तमू बौद्ध सेवा समितिको सभाहल, अनामनगरमा हुने आयोजकले जनाएको छ । विभिन्न अतिथि, निर्णायक, मिडिया, प्रशिक्षक तथा सहभागीहरुकाबीच सम्पन्न हुने समापन समारोहमा उत्कृष्ट ३ समूहलाई नगद र प्रमाणपत्र प्रदान गरिनेछ । साथै सम्पूर्ण सहभागी, प्रायोजनकर्ता, प्रशिक्षक, स्वंयसेवक तथा आयोजकहरुलाई पनि साथ र योगदानको कदरस्वरुप प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

मदन भण्डारी मेमोरियल कलेजका प्रमुख रमेशचन्द्र पौडेलले विद्यार्थीहरुलाई प्रविधीका विभिन्न आयामहरुसँग परिचित गर्न एवम् शिक्षण सिकाइलाई मूर्तरुप दिन ३ दिने ‘एमबिएम आइडिया एक्स २०२३’ प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो । आगामी दिनमा ह्याकाथन लगायत विभिन्न प्रोगामिङ सम्बन्धी कार्यक्रमहरू गर्ने योजना रहेको कलेज प्रमुख पौडेलले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : ३७ बजे