साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

देबी पराजुलीको रचनामा ‘कहिले म जितमा रोए’ गीतको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ – गीतकार देबी पराजुलीको रचना रहेको 'कहिले म जितमा रोए' गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायिका अञ्जु पन्तको स्वर, संगीतकार ज्योति प्रकाशको संगीत रहेको रहेको यस गीतको म्यूजिक भिडियो Devi parajuli युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

युवराज वाइवाले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा अर्जुन रत्न वीकरी र देवी पराजुलीको मूख्य अभिनय रहेको छ भने अतिथि कलाकारमा इस्टु कार्की र भगवान भण्डारी रहेका छन ।

यस गीतमा अझै पनि गाउँ समाजमा छोराछोरी प्रतिको बिभेदलाई देखाउन खोजिएको पाइन्छ । उक्त गीतमा उनको र गीतकार अर्जुन भिखारीको अभिनय रहेकोछ । अझै पनि छोरी जन्मनु महिलाको गल्ती देखाउने हाम्रो समाज दोस्रो बिवाहा गरेर भए पनि छोरा जन्माए मात्र बंश थाम्ने सोचाइ राख्दछ । यश भिडियोमा केही समय अगाडि गाउँ घरमा छोरी जन्मदाको पिडालाई र छोराछोरी बीचको बिभेदलाई भिडियो मार्फत उजागर गर्न खोजिएको छ ।

देबी पराजुलीका दर्जनौ गीतहरु बजारमा आएका छ्न । उहाँ निजामती कर्मचारी समेत हुनुहुन्छ । 

गीत देबी पराजुली अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : २६ बजे