विश्वकप क्रिकेट : बंगलादेशसँग अफगानिस्तान ६ विकेटले हार्याे

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई सहजै हराएको छ। धर्मशालामा शनिबार भएको खेलमा बंगलादेशले अफगानिस्तामाथि ६ विकेटको जित निकालेको हो।

सुरुआती ब्याटिङ गरेको अफगानिस्तान १ सय ५६ रनमा अलआउट भएको थियो। ओपनर रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाएको इनिङ्समा इब्राहम जर्दान र अजमतुल्लाह उमरजईले समान २२ रन बनाए। रहमत शाह र हशमतुल्लाह शाहिदीले समान १८ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।

बंगलादेशका शाकिब अल हसन र मेहदी हसन मेराजले समान ३ विकेट लिए। सोरिफुल इस्लामले २ तथा तास्किन अहमद र मुस्ताफिजुर रहमानले एक एक विकेट लिए। 

अफगानिस्तानले दिएको १ सय ५७ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले ३४ दशमलव ४ ओभरमा मात्र ४ विकेटको क्षमीमा लक्ष्य पूरा गर्‍यो। नजमुल हुसेन शान्तोले सर्वाधिक ५९ रन बनाएको इनिङ्समा मेहदी हसन मेराजले ५७ रनको योगदान गरे।
 
अफगानिस्तानका अजमतुल्लाह उमरजइ, नवीन उल हक र फजलहक फारुकीले समान एक/एक विकेट लिएका थिए।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : २५ बजे