दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

गैह्रीगाउँ हत्याकाण्डका अभियुक्तकाे मस्तिष्क जाँच गर्न विदेशबाट मगाइयाे ‘ब्रेन म्यापिङ’

काठमाडाैँ । काठमाडौंको गैरीगाउँमा ४ जनाको ज्यान लिएका सिन्धुपाल्चोकका २३ वर्षीय सञ्जय भण्डारीकाे ‘ब्रेन म्यापिङ’ गरिएको छ।

काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका सञ्जयले आफूले थुप्रै मान्छे मारेको सनसनीपूर्ण खुलासा गरेपछि ब्रेन म्यापिङ गरिएको हो।

जन्मजात बोल्न नसक्ने ती अभियुक्तलाई प्रहरीले बहिरा सङ्घका अधिकारी र दोभासेकाे माध्यमबाट सोधपुछ गर्दा आफूले थुप्रै मानिसकाे हत्या गरेकाे दाबी गरेपछि उनकाे मस्तिष्ककाे  ब्रेन म्यापिङ गरिएकाे हाे । 

ब्रेन म्यापिङबाट मस्तिष्कभित्र संग्रह भएका तरंगको चालअनुसार सम्बन्धित व्यक्तिले सत्य बोलिरहेका छ या छैन भन्ने संकेत पाउन सकिन्छ ।

याे विधिकाे प्रयाेग भने नेपालमा अहिलेसम्म भएकाे थिएन । अमेरिकाले धेरै मात्रामा यसकाे प्रयाेग गर्ने गरेकाे छ । लागूऔषधसम्बन्धी अपराध अनुसन्धानमा भारतले पनि यसको प्रयोग गर्दै आएकाे छ ।  

नेपालमा अपराध अनुुसन्धानमा पहिलो पटक यो विधिको प्रयोग गरिएको हो । 

सांकेतिक भाषाका विज्ञको सहयोगमा उनीसँग लिएको बयानमा कम्तिमा ६ वटा हत्यामा संलग्न रहेको बताएपछि ब्रेन म्यापिङ गरिएको जनाईएको छ।

उनले प्रहरीलाई आफूले  गरेकाे ६ वटा हत्यालाई अनुसन्धान गरेर पुष्टि गर्न चुनौति दिएका थिए। उनको बयानका आधारमा रातोपुल, भत्केको पुल, बालुवाटार सिन्धुपाल्चाेक र भक्तपुरमा समेत मान्छे मारेकाे दाबी गरेका छन् ।​​​​​​​

‘एग्रेसिभ’ स्वभावका आरोपी भण्डारीले हिरासतमा प्रहरीलाई पनि दिक्क बनाउने गरेको अनुसन्धानमा खटिएका प्रहरी बताउँछन् । उनले प्रहरीसँग खानासँग मासु मागेर दिक्क लगाउनेसमेत गरेको उनीहरू बताउँछन् । 

अभियुक्त्त भण्डारीले कक्षा १२ सम्मकाे अध्ययन गरेका छन् । जन्मजात बोल्न नसक्ने उनी अङ्ग्रेजीबाट सबै प्रश्नकाे उत्तर दिने गरेकाे अनुसन्धानमा खटिएका प्रहरी बताउँछन् । 

​​​​​​​

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ४ : ५८ बजे