भारती मानन्धरको अनसनमा अनेमसंघको ऐक्यबद्धता

काठमाडौं । नेपालगन्जमा खुँडा प्रहार गरी चेतन मानन्धरकाे हत्या गर्ने गुन्डा नाइके रिगल भनिने याेगकुमार ढकाललाई सरकारकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले आममाफी दिएकाे विरोधमा अनसनरत मानन्धरकी पत्नी भारती मानन्धरको आन्दोलनमा  एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) ले ऐक्यबद्धता जनाएको छ । 

नेपालगञ्जका चेतन मानन्धरको हत्यामा अदालतको फैसलाबाट जेल सजाय भोगिरहेका गुन्डा नाइके रेगललाई सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले असोज ३ गते संविधान दिवसको दिन आममाफी दिने निर्णय गर्नुभएको थियो ।

त्यसको विरोधमा मृतक मानन्धरकी पत्नी भारती माइतीघर मण्डलामा अनशन बस्दै आएकी छिन् । 

उहाँको आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्न अनेमसंघ केन्द्रीय इन्चार्ज सीता पौडेलको नेतृत्वमा अनेमसंघ उपाध्यक्ष द्वय शर्मिला कार्की र  सुमित्रा बीसी, सचिवहरू शारदा कुमाल र विना शाह, वाग्मती प्रदेश निवर्तमान सचिव सरस्वती बस्नेत लगायत उपलब्ध केन्द्रीय सदस्य एवम् विभागका सदस्यहरू माइतीघर मण्डलामा पुग्नु भएको थियो ।

उहाँहरूले आन्दोलनमा ऐक्यबद्धता रहेको बताउँदै अपराधीलाई छाड्ने सरकारको निर्णयको विरोध जनाउनुभयो । 

ढकाललाई माफी दिएको विरुद्ध भारतीले सर्वोच्च अदालतमा मुद्दा दिनुभएको छ । अदालते सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दाको पसी समेत तोकिसकेको छ । 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १२ : १० बजे