आज काठमाडौंका यी स्थानहरु विद्युत् आपूर्ति नहुने

काठमाडौं – आज काठमाडौंका केही स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

शनिवार बालाजु-विष्णुमति फिडर अन्तर्गत पर्ने गुणस्तर विभाग देखि नागर्जुन पार्टी प्यालेस एरियामा हाइटेन्सन कन्डक्टर अपग्रेडिङ काम गर्नुपर्ने भएकाले शनिबार विहान ९ बजेदेखि ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।

सटडाउनका कारण बालाजु औद्योगिक क्षेत्र, बालाजु चोक, गंगाहल, माछापोखरी, वसन्तनगर, बाइपास, कुमारीथान, मनमैजु हिलेडोल,मानसिङ्ग स्कुल, छन्त्याल संघ, इन्दे्रणी पुल, नापीकार्यालय, शुभकामना स्कुल, लोकतान्त्रिकचोक, मनमैजु पुल, गुम्बाचौकी लगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

वितरण केन्द्रले काम निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुनसक्ने जानकारी दिएको छ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ९ : ५८ बजे