कहिलेकाहीँ मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ : अध्यक्ष ओली

​​​​​​​काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कहिलेकाहीँ यस्तो भइदिए पनि हुन्थ्यो भनेर मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ भन्दै खुसी व्यक्त गर्नुभएको छ । 

शनिवार बिहान सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्नु हुँदै अध्यक्ष ओलीले शुक्रबार ‘कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन सुन्ने, हेर्ने मौका मिलेको’ कुरा उल्लेख गर्नुभएको छ । 

‘कहिलेकाहीँ यस्तो भइदिए पनि हुन्थ्यो भनेर मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ। हिजो त्यस्तै भयो। हाम्रा प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन सुन्ने, हेर्ने मौका मिल्यो। उहाँकै अगाडि बसेर गीत सुनियो, भनाइ सुनियो, बेलाबेला हाँसियो, बेलाबेला भावुक पनि भइयो। मदनकृष्णको मुडसँगै महत्त्वपूर्ण भेटघाटको पनि अवसर जुर्‍यो। शुभ बिहानी !’

 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ३८ बजे