दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

दशैँका लागि टिकटको अग्रिम बुकिङ सोमबारदेखि

काठमाडौँ – दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिदेशक उद्धवप्रसाद रिजालले जानकारी दिनुभयो ।

व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्दै अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् ।

पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिने छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : ३८ बजे