सरकार र यातायात व्यवसायीबीच सहमति,बसको टिकट बुकिङ २२ असोजमा खुल्ने

काठमाडाैँ। दसैँका लागि बसको अग्रिम टिकट बुकिङ २२ असोजमा खुल्ने भएको छ । 

शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र यातायात व्यवसायीहरूबीचको बैठकमा २२ असोजदेखि बसको टिकट बुकिङ खोल्ने सहमति भएको हो । 

वर्षात्‌का कारण बिग्रेका सडकहरू तत्काल सुधार गर्न मन्त्री ज्वालाले करिब १५ दिनअघि नै निर्देशन दिइसकेको यातायातमन्त्री ज्वालाका प्रेस संयोजक जीवन बीसीले जानकारी दिए । उनका अनुसार सडकहरू सुधारको काम भइरहेको छ ।

बर्सेनि दसैँ, तिहार र छठजस्ता पर्वमा काठमाडौंबाट १० लाख यात्रु बाहिरिने गरेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ५ : ५९ बजे