१. श्राद्ध परिचय
श्रद्धया क्रियते इति श्राद्ध अर्थात् श्रद्धाले सम्पन्न गरिने काम नै श्राद्ध हो । दिवङ्गत पितृहरूको योगदानलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु नै श्राद्धको मूल पक्ष हो । ऋग्वेद,विष्णु पुराण,नृसिंह पुराण र गरुड पुराणआदि ग्रन्थहरूमा श्राद्ध विषयमा सविस्तार चर्चा गरिएको पाइन्छ । मानव पुर्खाहरूले श्राद्धलगायत अनेक संस्कार र संस्कृति निर्माणमा तत्कालीन सोचअनुसार अनेक प्रयोग, प्रवर्द्धन तथा समसामयिक सुधार गरेको पाइन्छ ।
सोह्र श्राद्ध भनेर भाद्र प्रतिपदादेखि औँशीसम्मका १५ र पूर्णिमाको एक दिन गरी सोह्र तिथिमा गरिने श्राद्धका प्रकारहरू रहेका छन् । असोज कृष्ण पक्षका पञ्चमी,नवमी,एकादशी,द्वादशी,चतुर्दशी,अमावास्या शुक्ल प्रतिपदा,औँशीमा गरिनेलाई पर्वण श्राद्ध भनिएको छ ।
सोह्र श्राद्धलाई सबै पितृहरूको साझा श्राद्ध भनिएको छ ।
२. श्राद्धका प्रकार
अमुक एक पितृको श्राद्धलाई एकोद्दिष्ट,धेरै पितृहरू सम्झेर गरिने श्राद्धलाई पार्वण वा महालय भनिएको छ । । माङ्गलिक कार्य गर्नुअघि आभ्युदयिक श्राद्ध वा वृद्धि श्राद्ध, अमुक इच्छा पूर्तिको कामना गरी गरिने श्राद्ध काम्य श्राद्ध,शरीर स्वस्थ्य राख्न गरिने श्राद्धलाई पुष्टि श्राद्ध, पितृको मृत्यु भएको तिथिमा गरिने श्राद्ध एकोद्दिष्ट, भनिन्छ । यसरी नै अविवाहित अवस्थामा मृत्यु भएका पितृ,माताका लागि गरिने श्राद्ध, अकाल मृत्यु, दुर्घटना र आत्महत्याबाट मृत्यु भएका पितृहरूको गरिने श्राद्धहरूको सविस्तार चर्चा गरिएको छ । बिघ्न परेमा र तिथि थाहा नलागेका पितृहरूको स्मृतिमा गरिने तथा मावली बाजे बज्यैको श्राद्ध तिथि र विधि अलग रहेको देखिन्छ । तीर्थ श्राद्ध भनेर हत्तपत्त तीर्थ स्थलमा गरिने श्राद्ध पनि चर्चित रहेको छ ।
३.परम्परागत श्राद्धका विकल्पहरू
पद्म पुराण,मनुस्मृतिमा देखावटी,प्रचार गर्ने तथा बडप्पन देखाउन श्राद्ध गरिने विषय होइन भनिएको छ । अझ त्यहाँ त चार दिक्पाललाई फनफनी घुमेर प्रणाम गर्ने र सूर्यलाई एक अञ्जलि पानी अर्पण गर्दा र गाईलाई घाँस खुवाउँदा पनि श्राद्ध हुन्छ समेत भनिएको पाइन्छ । साग,फल फूल र न्यूनतम दक्षिणा दिन सकिँदैन छैन भने सात वा आठवटा तिल जलका साथ अञ्जलीमा लिएर ब्राम्हणहरुलाई दिँदा पनि श्राद्ध हुन्छ, भनिएको पाइन्छ । अझ दुवै हात उठाएर चार दिक्पालहरू र सूर्यलाई नमस्कार गरेर हे प्रभु हात हावामा फैलाइरहेको छु, मेरा दिवङ्गत पितामाता मेरो भक्तिबाट सन्तुष्ट होउन् भन्दा पनि श्राद्ध हुन्छ भनिएको छ । त्यसैगरी आचार्य श्री पण्डित गोस्वामीले स्त्रीहरूलाई पनि श्राद्धको अधिकार शास्त्रले दिएको बताएका छन् । महाभारत अनुशासन पर्वमा भीष्म पितामहले श्राद्धका सम्बन्धमा युधिष्ठिरलाई केही कुरा भनेको बताइन्छ । महर्षि निमीलाई महातपस्वी अत्रि मुनिले श्राद्ध सम्बन्धी उपदेश दिएका थिए । यस प्रकार निमीले श्राद्धको आरम्भ गरेको उल्लेख गरिएको देखिन्छ । वाल्मीकि रामायणमा सीताले पिण्डदान दिएर दशरथको आत्मालाई मोक्ष मिलेको बताइन्छ । विष्णु पुराणमा नित्य, नैमित्तिक, काम्य, वृद्धि, सपिण्डी, पार्वण तथा गोष्ठी जस्ता अत्यन्त सरल श्राद्धहरू सुझाएको देखिन्छ । नभन्दै शास्त्रहरूमा श्राद्धका अनेक सरल, सहज, कम खर्चिलो विधिहरू रहेको पाइन्छ । गरुड पुराण(गरुड पुराण,११÷११—१२) मा पनि श्राद्ध गर्ने व्यक्ति यही हुन्छ र हुनुपर्छ भन्ने किटान नगरिएको देखिन्छ । अथवा महिलाले पनि श्राद्ध गर्नु हुन्छ भन्ने छ ।
४.परम्परागत रुढीगत संस्कारको परम्परामै विरोध
जहिलेदेखि पारलौकिक आत्मा,स्वर्ग,मोक्ष,वर्ण व्यवस्था,आश्रम व्यवस्था विषय विचारका बारेमा उहिल्यै पनि वाद विवाद र प्रतिवाद भएको पाइन्छ । संस्कार र संस्कृतिमा विद्यमान अवैज्ञानिक र कपोल कल्पित विचारहरूको तर्कपूर्ण खण्डन गरिएको पाइन्छ । यस्ता विचार झन्डै ३५०० वर्ष अघिदेखि नै आएका संस्कृतिविद् निनु चापागाईँ बताउँछन् । चारवाक र लोकायतहरू संसारलाई चार भौतिक तत्त्वहरूको संयोग मान्छन् । उनीहरू ईश्वरको सत्तालाई नै सम्पूर्णमा अस्वीकार गर्दथे ।
श्राद्धमा अर्पण गरिएका पिण्ड पानी वस्त्र आभूषण आदि मृत आत्माले स्वर्गमा पाइन्छ भने भुईँ तलामा चढाएको माथिल्लो तलामा किन जाँदैन भनी निम्न अनुसार प्रश्न गरिएको छ ।
स्वर्ग स्थिता यदा तृप्ति गच्छेयुस्तत्र दानतः
प्रसादस्योेपरि स्थाननामत्र कस्मान्न नदीयते
अर्थात् स्वर्गमा बसेकाहरू तृप्त हुन्छन् भने यही भवनको माथिल्लो तलामा बसेकाहरूलाई श्राद्ध गरेर तपाईँहरू किन तृप्त पार्न सक्नुहुन्न ? त्यसैले हाम्रा सबै संस्कार,रीति र परम्पराका सबै संस्कार संरक्षण गरौँ नकार जति क्रमशः परित्याग गर्दै जानुपर्छ र मात्र हाम्रा संस्कार संस्कृतिको जगेर्ना गर्न सकिन्छ ।
सांस्कृतिक रूपान्तरणको सर्वोपरि भूमिका हुनाले पनि यसको अर्थ परम्परागत संस्कार र संस्कृतिभित्र रहेका सबै धार्मिक,सामाजिक,आर्थिक, तथा मनोवैज्ञानिक शोषण हुन्थ्यो । उहाँले श्राद्ध लगायत सबै परम्परागत संस्कार संस्कृतिमा सुधारका आन्दोलन र अभियान चलाएर कलात्मक हस्तक्षेप गर्दै अगाडि बढ्नु पर्ने बताउनु भएको छ । भण्डारीका अनुसार सकारलाई स्वीकार गर्दै नकारात्मक तथा जीवन अनुपयोगी पक्षहरूलाई सचेतता तथा जागरणको अभियान सञ्चालन गर्नु पर्ने उल्लेख गर्नु भएको देखिन्छ । परम्परागत सबै संस्कारका बारेमा विद्यमान अतिवादी र अन्धवादी दुवै धारणाहरू गलत छन् । परम्परागत सबै संस्कारहरूमा समयानुकूल परिमार्जन जरुरी हुन्छ । यस लेखकले परम्परागत श्राद्ध,व्रतबन्ध,क्रियाकाज र पुराणमा समय सापेक्ष परिमार्जन गरेको छ । पूर्वीय संस्कृतिमा श्राद्धका अनेक विकल्प पाइन्छन् । त्यतिबेलै देखि पनि खाए खा नखाए घिच् भनेझैँ गरेको पाइन्न । त्यसैले अझै उचित र सरल तथा वैज्ञानिक विकल्प अत्यन्त आवश्यक देखिन्छ ।
५.पुरातन संस्कार बारे मदन भण्डारीको सोच
२०२९ सालतिर गुरु बरालको मदन भण्डारीसित मोरङ जिल्लाको तीन पैनीस्थित भानु साझा पुस्तकालयमा भेटघाट भएको थियो । बरालका अनुसार प्रसङ्गवश भण्डारीले धर्म र संस्कृतिका विषयबारे आफ्ना धारणाहरू यसरी उल्लेख गर्नु भएको थियो ।
…हामीले धर्म संस्कृति र सभ्यताको जगेर्ना गर्नुपर्छ तर त्यस भित्रको अन्धविश्वासी, रुढीवादी र जडतावादी मान्यता र त्यस प्रतिको कट्टरपनालाई त्याग्नु पर्छ । धर्म के हो ? अन्धविश्वास के हो ? धार्मिक जडताबीचको प्रगतिशील चिन्तन र सोचलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने विषयमा त्यस दिन लामो बहस भयो । …धर्ममा रहेको रुढीवादलाई प्रमाणित गर्न धर्म शास्त्रका श्लोकहरू दृष्टान्तमा अघि सार्नु हुन्थ्यो । तर्क काट्ने ठाउँ नै हुँदैनथ्यो । …धर्म र संस्कृतिका बीचको प्रगतिशीलतालाई घतलाग्दा उदाहरण दिएर कुरा सुनाउनु हुन्थ्यो । बराल : २०७८, १०७ ।
बरालले उल्लेख गरेअनुसार त्यति बेलै मदन भण्डारीले संस्कृति र सभ्यताको जगेर्ना गर्नुपर्ने बताउनुभएको थियो । तर,तिनमा रहेका अन्धविश्वासी र रुढीवादी परम्परालाई त्याग्नु पर्ने र प्रगतिशील सोच तर्फ लाग्नु पर्ने निचोड भण्डारीले व्यक्त गर्नुभएको थियो । बराल गुरु,२०७९, १०७ ।
कुनै पनि विषयमा गम्भीर अध्ययन अपरिहार्य हुन्छ । अझ संस्कृति र संस्कार विषयको अध्ययन तुलनात्मक रुपमा गम्भीर हुन्छ । यस्ता गहन विवेचनात्मक अध्ययनले मात्र सकार नकार पर्गेल्न सहयोग पुग्छ । यस्ता विषयमा परम्परागत शासकको विचार दर्शन र संस्कृतिबाट पृथक् भएर सोच्न सक्नुपर्छ । जन नेता मदन भण्डारी यस्ता विषयमा उतिबेलैदेखि सूक्ष्म अध्ययन गर्नु हुँदो रहेछ भन्ने थाहा हुन्छ । अझ उहाँ प्रगतिशील तथा मार्क्सवादी वैज्ञानिक वस्तुनिष्ठ अध्ययन गर्नु हुन्थ्यो भन्ने निष्कर्ष निक्लन्छ नत्र धर्म, संस्कार र संस्कृति सम्बन्धमा उहाँ समाज उपयोगी र जीवन सापेक्ष निचोड निस्कने थिएन । त्यसैले मदनले अध्ययन गम्भीर गरेका मध्येका सकारात्मक पक्षहरू परिष्कृत भएर जबजमा समाविष्ट भएका हुन् ।
६. जबज निरूपित श्राद्ध विधि
जनताको बहुदलीय जनवाद नेपालजस्ता अल्प विकसित देशलाई समृद्ध बनाउने सिद्धान्त हो । यसले बहु जनहिताय सुखायको परिकल्पना मात्र होइन तिनको वास्तविक हितका लागि काम गर्ने प्रण र प्रतिज्ञा गरेको छ । त्यसैले नौ महिने सरकार होस् वा ओली नेतृत्वको सरकार होस् आम श्रमजीवी जनताले प्रत्यक्ष अनुभूत हुने खालको विकास निर्माणको लक्षण एमाले नेतृत्वले देखाएको हो । उद्देश्य नै विदेशीको हित गर्ने वा कन्फर्टेवल सरकार बनाएपछि नेपाल र नेपालीको हित त कदापि हुँदैन भनेर देख्नेहरूले देखेकै हुन् र भनेकै हुन् । यो अहिलेको जस्तो देश र जनता विरोधी नालायक सरकार अहिलेसम्म नेपालमा बनेकै थिएन । हिजोका दिनमा ओली सरकारको चौतर्फी विकास निर्माण देखेर अताल्लिएकाहरु सदा धारेहात लगाउँथे ।
पूर्व राष्ट्रपति भण्डारीको पनी खेदो गर्नेहरू अहिलेको लज्जाजनक स्थिति देखेर मुख लुकाएर हिँड्दै छन् । त्यसैले,कोसी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोहमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले भनेझैँ एमाले मात्र देश र जनताको हितका लागि काम गर्ने पार्टी हो । उहाँका अनुसार यो ती काममा जनताले परीक्षण गरी पास अङ्क प्राप्त पार्टी हो । अरू सबै त्यस हिसाबमा अनुत्तीर्ण र असफल पार्टी हुन् । किनभने जबजले देशको सर्वाङ्गीण विषयका बारेमा गम्भीर मनन चिन्तन गरेर उचित निष्कर्ष निकालेको छ । तर ओलीले मधुकैटभ जस्तो सर्वनाश गर्ने सोच कसैले राखेको छ भने त्यसलाई असफल पारिने पनि बताउनुभयो ।
त्यसैले भौतिक,अभौतिक वा आत्मिक संस्कृतिका आधारमा देशको सर्वाङ्गीण हितलाई सर्वोपरि राख्नुपर्छ । यसैले मदनले परम्परागत श्राद्ध आदि संस्कार र संस्कृति सम्बन्धमा जबजमार्फत् स्पष्ट व्याख्या विश्लेषण गरेर उचित निष्कर्ष वा निचोड निकालेको देखिन्छ । जबजले परम्परागत संस्कार र संस्कृतिका सबै सकार स्वीकार गर्छ र नकार पक्षलाई कलात्मक हस्तक्षेपका साथ अस्वीकार गर्छन् तर त्यसो गर्दा संस्कृति र संस्कारका विषयमा उग्रवादीले जस्तो बन्चरो प्रयोग गर्दैन । एमाले यस क्षेत्रमा प्रदीप ज्ञवालीले भनेजस्तै सियो प्रयोग गर्छ । त्यसैले जबजमा सामाजिक कुरीति,अन्धविश्वास रुढीगत धारणाहरूलाई सामाजिक सांस्कृतिक सुधार आन्दोलन गरेर हटाउँदै लगिने कुरा उल्लेख गरिएको छ ।
यसको मतलब सरोकार समाजसित यस विषयमा गम्भीर छलफल,अन्तर्क्रिया,गोष्ठी सेमिनार कार्यशाला आदि गर्नुपर्छ । सबै भन्दा पहिले धार्मिक सांस्कृतिक जनसमुदायका मन,चेतना,विचार ज्ञान,धारणा चिन्तन र चेतनामा यस सम्बन्धी सही सत्य विचार प्रवाह गर्नुपर्छ । २०७७ भाद्र १७ गते प्रकाशित प्रा.डा.देवमणि भट्टराईको श्राद्ध संस्कारले कस्तो फल प्राप्त हुन्छ ? भन्ने शीर्षकको एक लेखमा अन्न जलादि पितृले कसरी पाउँछन्,हामीले दिएका वस्तु हाम्रा पितृहरूलाई पु¥याउने कार्यचाहिँ वसु रुद्र र आदित्य नाम गरेका श्राद्ध देवताले गर्छन् । उहाँहरू श्राद्ध स्थलमा बसी सांक्षित्व वहन गर्दै हाम्रा पितृहरू समक्ष पु¥याउने काम गर्नुहुन्छ भनी त्यहीँ उल्लेख छ भन्छन् । याज्ञवल्क्य स्मृति आदि कृतिहरूलाई आधार मानेर भट्टराईले श्राद्ध गर्दा पितृहरूले कर्तालाई आयु,,सन्तति,विद्या,स्वर्ग,मोक्ष सुखादि प्राप्त हुने जस्ता अनेकौँ आशीर्वाद दिन्छन् पनि भनेका छन् ।
यस विषयका समाचार र विचार प्रवाह गर्नुपर्छ र यस खालका वैकल्पिक श्राद्ध विधि र त्यसको प्रयोग व्यवहारमा देखाउनु पर्छ । अनि यसो भएपछि उचित,समय सापेक्ष,वैज्ञानिक, सरल र मितव्ययी श्राद्ध परम्परा समाजमा क्रमशः स्थापित हुन्छ । परम्परागत श्राद्धका अनेक विकल्पहरू रहेका छन् । पूर्वजहले आफ्ना दिवङ्गत पूर्वजहरूका स्मृति र श्रद्धा विषयहरूमा श्राद्ध गर्नु राम्रो संस्कार हो । यस श्राद्धमा अन्त्यमा निम्न अनुसारको भजन सामूहिक रुपमा गाइन्छ । श्राद्धको प्रसाद खाएर समापन गरिन्छ ।
जन्म जन्म हुँदै आयौँ हामी यस धर्तीमा
माता पिताकै अंश लियौँ शरीरमा
कोखकाख लिइकन हामीलाई हुर्काउने
ताते गरी हामीलाई अघि बढाउने
बाचुन्जेल माया गरौँ मरे श्रद्धाञ्जली
पिता पुर्खालाई सम्झौँ झलझली
यसरी श्राद्धको वर्तमान उचित विकल्प उपर्युक्त अनुसार नै सुझाउनु पर्छ । हाम्रा संस्कार संस्कृतिमा अन्तर्निहित सबै सकारहरू जोगाए मात्र हामी जोगिन्छौँ,बाँच्छौँ र देशको सांस्कृतिक पहिचान जीवित रहन्छ । संस्कार र संस्कृति अपरिवर्तनीय हुँदैन । त्यसैले सकारात्मक दिशातिर लम्किन लागेको संस्कारलाई सबैले मलजल गर्नुपर्छ ।
प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार २ : ४८ बजे
प्रतिक्रिया