बढी भाडा लिने ३१ जना नियन्त्रणमा

भद्रकालीमा सेनाको ट्रकले स्कुटरलाई ठक्कर दिँदा ३२ वर्षीया युवतीको मृत्यु

काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिरनजिक सभागृह मोडमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा १ स्कुटर चालकको मृत्यु भएको छ। 

दुर्घटनामा काठमाडौंको ताहाचल घर भएकी स्कुटर चालक ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार साँझ साढे ७ बजे नेपाली सेनाका चालक हुद्‌दा महोमद नुरेन देवानले चलाएको प्र–३–०१–००ग ३७०५ नम्बरको ट्रकले आकृति सवार बागमती प्रदेश–०२–०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी आकृतिलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको थियो। लगत्तै राति ८ बजे डाक्टरले उनलाई मृत घोषित गरेका थिए।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १२ : १७ बजे