दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मेयर र वडाध्यक्षबीच झडप, स्थिति तनावग्रस्त

काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकामा मेयर र वडाध्यक्षहरूबीच विवाद हुँदा स्थिति तनावग्रस्त बनेको छ ।

मेयर रामपुकार साह र धर्नामा बसेका वडाध्यक्षहरु पक्षबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको हो ।

दुवै पक्षबाट ढुंगा हानाहान भएपछि तनावको स्थिति बनेको प्रहरीले जानकारी दिएको छ । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले १२ सेल र सशस्त्र प्रहरीले १५ सेल आश्रुग्यास प्रहार गरेको छ भने नेपाल प्रहरीले थ्रिनटथ्रि राइफलबाट ५ राउण्ड हवाई फायर समेत गरेको छ ।

झडपमा ४ जना नेपाल प्रहरी र दुई जना सशस्त्र प्रहरीसहित दर्जनौँ घाइते भएका छन् ।

मेयर साहले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेको भन्दै ६ वटा वडाका वडाध्यक्ष चार दिनदेखि धर्नामा छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ७ : ५१ बजे