काठमाडौं । नेपाल प्रहरीले क्रिकेटमा विश्वकिर्तिमानी बनाएपछि क्रिकेटर दीपेन्द्रसिंह ऐरीकाे बढुवा गरेकाे छ ।
उनी प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् ।
प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप उनलाई बढुवा गर्ने निर्णय गरिएको जानकारी दिए । प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) ले सो निर्णय गरेको हो ।
नेपाली क्रिकेटमा उनको योगदानको कदरस्वरूप विशेष बढुवा गरिएको प्रवक्ता कडायतले बताए ।
नेपाल प्रहरीमा सेवारत ऐरीले नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मंगोलियाविरुद्ध १० बलमा ८ छक्का प्रहार गरेर विश्वकिर्तिमानी बनाएका थिए । उनले ९ बलमा अर्धशतक पुरा गरेर अर्काे विश्व किर्तिमानी समेत बनाएका थिए ।
प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार ५ : ३४ बजे
प्रतिक्रिया