साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सद्भावको आडमा अतिवाद

केही वर्ष पहिले नेपालगन्जमा हिन्दु र मुस्लिमको आपसी सद्भाव देख्न पाइन्थ्यो । तर,पछिल्लो केही वर्षयता नेपालगन्ज अशान्त हुँदै छ । परिचालित केही व्यक्तिहरूले नेपाली राजनीतिले दिएको ‘स्पेस’ र संवैधानिक अधिकारको दुरुपयोग गर्दै सडकमा निस्किएर खुलेआम रूपमा मनोमानी गर्न थालेका छन् । ‘जिहादी आतङ्कवादी’ क्रियाकलापको झल्को दिने गरी जबरजस्तीका घटना हुन थालेका छन् ।

नेपालगन्जमा पटक–पटक हिन्दु  धर्मावलम्बीहरूको आस्था र अस्मितामाथि दुर्व्यवहार हुँदासमेत प्रहरी प्रशासनको मौनताबाट आजित बनेका ‘ॐ’कार परिवारका सदस्यहरू एकजुट भएर केही दिनअघि नेपालगन्ज बन्दको घोषणा गरे । 

गाई काटेको विरोधमा सामान्य व्यक्तिले सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसको भरमा सम्पूर्ण हिन्दुहरूलाई परिचालित जातिवादी,नस्लवादी समुदायका वर्गले तारो बनाई केही दिनअघि गरिएको चक्काजाम तथा विरोध प्रदर्शनले यस क्षेत्रमा गाई काटेर खानेहरूलाई प्रश्रय दिने र त्यस्तै जमातको बोलवाला बढेको प्रस्ट हुन्छ ।

हिन्दुहरूको आस्थाको केन्द्र तथा नेपालको राष्ट्रिय जनावर गाई काटेर खानेहरूको विरोध गर्दा सामाजिक सद्भावको विषय उठान गर्ने प्रशासन र मुस्लिम समुदायले त्यसरी सद्भाव बिथोल्ने समुदाय र गाई काट्नेलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने तर्फ किन आवाज नउठाएका हुन् ? षडयन्त्रको तार यतै–कतै जोडिएको हुनुपर्छ भनेर आशङ्का गर्ने प्रशस्त आधारहरू रहेको छन् ।

हिन्दु धर्मावलम्बीहरूको आस्थामा चोट पुग्ने गरी चक्का जाम र शक्ति प्रदर्शन गर्न छुट दिने तर हिन्दुहरूलाई सधैँ सद्भाव ¥याली गर्न दबाब दिने स्थानीय सरकारले अर्को पक्षलाई जे गर्न पनि प्रश्रय दिएको जस्तो देख्न सकिन्छ ।

संविधानको मर्यादालाई उल्लङ्घन गर्दै ‘शर तन से जुदा’ भन्दै लगाइएको नाराको अर्थ के हो ? त्यसमा जिहादी नियत प्रस्ट झल्कन्छ । तर यस्तो सुनेर देखेर पनि बेवास्ता गर्ने स्थानीय सरकार र प्रहरी प्रशासनलाई के भन्ने ? यस्ता घटनाको पछाडि कतै स्थानीय सरकारकै केही व्यक्तिहरूको हात त छैन भन्ने आशङ्का समेत उत्पन्न भएको छ ।

पछिल्लो समयमा नेपालगन्जको नगरपालिकाको कार्यालयभित्र बैठक गरेर सडक आन्दोलनको प्रारूप तयार गरेको समेत खुल्न आएको छ । चोकमा उग्र प्रदर्शन गर्दै हिन्दु समुदाय विरुद्ध विषवमन गर्ने आततायीहरू विरुद्ध लक्षित गर्दै नेपालगन्ज बन्द गरिए पनि शान्ति एकता र सद्भावको सन्देश दिँदै नेपालगन्जमा सद्भाव ¥याली समेत सम्पन्न गरिएको थियो ।

अहिले इसाई, मङ्गोल र मुस्लिमद्वारा पटक पटक ठाडै रूपमा हिन्दु समाजमाथि प्रहार गर्दा पनि हिन्दु समाजले सद्भावकै गीत गाउनु र सरकारी पक्षले पनि सद्भावकै लागि आग्रह गर्नुको कारण जिहादी पक्षलाई थप हौसला मिलिरहेको देखिन्छ ।

यो स्वाभिमान,सम्मान र पहिचान जोगाउने समय हो । केही तुच्छ आपराधिक मानसिकताका कारण नेपालगन्जको सम्मान र पहिचान मेटाउने प्रयास भएको छ । जिहादी मानसिकता बोकेकाको प्रतिकार सद्भाव ¥याली गरेर हुँदैन । तसर्थ,यस्तो माहौल जन्माउने व्यक्ति र यसका दोषीलाई प्रशासनले कानुन बमोजिम कडा कारबाही गर्नैपर्छ ।

नेपालगन्जको मेयर प्रशान्त विष्टद्वारा यस्तो घटना हुँदासमेत सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुताको नाममा नेपालगञ्जवासीलाई शान्त, संयम र सुरक्षित बस्न आह्वान गरिएको छ ।

अब तपाईँ आफै सोच्नुस्, यस्तो विषम परिस्थितिमा शान्त बस्ने ठेक्का हिन्दु समाजले मात्र लिनु पर्ने हो र रु नेपालगन्जको सामाजिक एवम् धार्मिक विविधतायुक्त सुन्दरतामा अर्को पक्षले आघात पु¥याउने क्रियाकलाप गर्दा पनि सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको नाममा सरकारी संयन्त्रद्वारा हिन्दु पक्षलाई दबाब दिने र समभाव एवं सहानुभूतिको नारा दिएर एकताको कुरा गर्नुले एकातर्फ शान्तिको सन्देश दिए जस्तो देखिएता पनि अर्को तिर अल्पसङ्ख्यकको तुष्टीकरण गर्ने सरकारको लम्पसारवादी नीतिको प्रकटीकरण जस्तो देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसाल्ने अनि त्यही सिडिओ कार्यालयकै छतमा निस्किएर हिन्दी फिल्मी शैलीमा आफ्ना समुदायलाई सम्बोधन गर्दा पनि नेपाल प्रहरी छेउ मै रहेर पनि मौन बस्नुले नेपाल प्रहरी पनि त्यो जमातको अगाडि निरीह भएको जस्तो देखिएको छ ।

हिन्दु समाजमाथि नै प्रहार हुँदा समेत नेपालगन्ज प्रशासनले हिन्दु समाजलाई नै सद्भाव ¥याली निकाल्नलाई दबाब दिनु र अर्को पक्षले जे जस्तो कार्य गरे पनि चुप लागेर बस, मौन भएर बस भन्ने किसिमले शान्ति र सद्भावको नाममा ब्लाकमेल गरेर नेपालगन्जको घटना बाहिर नजाओस् भन्ने उद्देश्यले घटनासँग सम्बन्धित कुनै किसिमको फोटो, भिडियो, व्यक्तिगत धारणा, सभा, जुलुस नगर्न–नगराउन अपिल गर्नुले, प्रशासनको नियतमाथि प्रश्न चिह्न खडा भएको छ ।

यो देशमा ९४५ ‘ॐ’कार परिवार हुँदाहुँदै पनि सीमित २/४५ जातीको जातीय एवं धार्मिक भोट बैङ्कको लागि यहाँको जनप्रतिनिधिहरूले हिन्दु समाजलाई दबाउन खोज्दै गएको आभास भइरहेको छ । धरानमा मन्दिरको सामु चर्च बनाइयो । जसले भोलिको दिनमा सामाजिक सद्भाव भड्किने र समाज विखण्डन हुने निश्चित छ । तर पनि सरकारी प्रशासन मौन रह्यो । त्यसै घटनालाई विषयान्तरण गर्न कै लागि धरान लगायत नेपालको विभिन्न स्थानमा गाई काटियो । संविधानमा नै गौ हत्यालाई निषेध गरिएको छ । तर पनि संविधानलाई आत्मसात् गर्दै नेपाल सरकारले नै हत्यारालाई पकडेर कारबाही अघि बढाउनु पर्नेमा घटनालाई बेवास्ता गर्दै त्यहाँ मेन स्ट्रीमका सम्पूर्ण मिडियाहरू समेत मौन बसे । राजनीतिक एवं सामाजिक विश्लेषक हुँ भन्नेहरूको समेत कुनै प्रतिक्रिया आएन । राजनीतिक चलखेल हुन दिई राखियो । फलस्वरूप देशमा विकराल अवस्थाको सिर्जना भयो । ठाउँ–ठाउँमा हजारौँको सङ्ख्यामा जनता सडकमा उत्रन बाध्य भए । तर पनि सरकार र स्थानीय प्रशासन मौन रहे ।

त्यसैगरी सर्लाहीमा कृष्णाष्टमी पूजाको मूर्ति,विश्वकर्मा पूजाको मूर्ति र गणेश पूजाको मूर्ति जलप्रवाह गर्न जाँदा अवरोध उत्पन्न गराई साम्प्रदायिक दङ्गा फैलाइयो । रातीको समयमा विद्युत् कटौती गरेर स्थानीय रुपेश यादवमाथि छुरा प्रहार गरियो । तर पनि सरकारी संयन्त्र मौन रह्यो । घटनालाई शान्त गर्नु भन्दा पनि उक्त क्षेत्रको मुख्य मन्त्रीले मिडियामा भड्काऊ अभिव्यक्ति दिँदै हिँडे । फलस्वरूप मलंगवामा झडप समेत भयो । तर यति हुँदा पनि सरकारी पक्षले अपराधीलाई कारबाही गर्नमा जोड दिने भन्दा पनि हिन्दुहरूलाई बोलाएर सद्भाव ¥याली निकाल्नमा जोड दियो । एकातिर अतिवादी आतंकी समूहले मनपरी गर्दै हिँड्ने अनि अर्को तर्फ सरकार पक्षले दोषीलाई कारबाही गर्ने भन्दा पनि सद्भावको बिगुल फुक्दै हिँड्नुले पनि सरकारको विभेदी नीति प्रस्ट झल्किन्छ ।

त्यति मात्र नभएर, आतंकी घटना मधेस प्रदेशमा भयो तर बाग्मती प्रदेशमा हिन्दु, मुस्लिम र इसाईको केही सीमित सङ्गठनलाई बोलाएर जवर्जस्ती रूपमा सद्भाव ¥याली निकाल्न र घटनालाई दबाउन हस्ताक्षर गराइयो । यसले पनि सरकारको नियतमाथि प्रश्न खडा भएको छ ।

विभिन्न जाती एवं नश्लवादीहरूले जे–जे बोले पनि हिन्दुले सहनुपर्ने,उनीहरूले मनपरी गर्दा र हिन्दुको भावनामा ठेस लागे पनि सहनुपर्ने तर हिन्दुले चाहिँ प्रतिकार र प्रतिवाद नि गर्न नपाउनुले पनि हिन्दु समाज माथिको सरकारी नियन्त्रण प्रस्ट देख्न सकिन्छ । हिन्दुले कुनै गतिविधि सञ्चालन गर्दा कुनै धर्म र सम्प्रदायको भावनामाथि ठेस नपुग्ने गरेर कार्य गर्नुपर्ने तर उनीहरूले चाहिँ जे–जे बोले पनि मौन भएर बस्नु पर्ने यस्तो एकतर्फी नियम किन हिन्दुमाथि मात्रै लाद्ने प्रयास हुँदै छ ? के हिन्दुले मात्रै समभावको पाठ पढेर हिँड्नुपर्ने अनि मङ्गोल, मुस्लिम र इसाईको नामधारी जमातलाई त्यो नियम लागू नहुने हो ? हिन्दुको भावनामाथि चोट पुग्ने गरी सामाजिक सञ्जालमा भिडियो फोटो पोस्ट गर्दै गाई काटियो तर प्रशासनले संवैधानिक नियमलाई आधार मानेर गाई काट्नु अपराध हो भनेर भन्न समेत सकेन । तर हिन्दुलाई सद्भाव बिग्रन्छ मौन बस है भनेर अपिल गर्न चाहिँ भ्यायो ।

नेपालगन्जमा एक सामान्य व्यक्तिको स्ट्याटसलाई आधार बनाएर त्यत्रो वितण्डा मच्चाइयो । हिन्दु समाजमाथि ठाडै प्रहार गरियो तर जब हिन्दुले प्रतिकार गर्ने अवस्था आयो । तब प्रशासनले हिन्दुलाई नै बोलाएर मौन बस है सामाजिक सद्भाव भड्किन्छ भनेर रोक लगायो ।

यहाँ शान्ति, सद्भाव र सहिष्णुतालाई आत्मसात् गर्ने हिन्दु समुदायमाथि आततायी जमातले जे जसरी जस्तो गरे पनि हुन्छ, उसले छुट पाउँछ भन्ने भाष्य स्थापित गराउन खोजिँदै छ। आखिर किन ? कसको इशारामा ? सहनुको पनि हद हुन्छ होला ? सहनुको सीमा सकिएपछि बाँकी के नै रहन्छ र ? त्यसैको प्रतिफल हो हिन्दु गुरु श्रीनिवासाचार्यको अभिव्यक्ति ।

यसरी, सधैँ यो देशको नियम र संविधानले हिन्दुलाई मात्र रोक लगाउने अनि अरूहरूलाई जेमा पनि छुट दिने यो कस्तो नियम हो ? प्रहरीका अनुसार नेपालगन्जको उक्त युवकले सामाजिक सञ्जालबाट स्ट्याटस पनि हटाए र माफी पनि मागे तर माफी मागिसके पश्चात् पनि त्यत्रो आन्दोलन गर्नुको कारण के ? तसर्थ,यो विषयमाथि हिन्दुले अब सोच्नु पर्ने बेला आएको छ ।

सिलसिले घटनाहरु हेर्ने हो भने हिन्दु गुरु श्री निवास आचार्यलाई सुनसरी चतराबाट प्रहरीले पक्राउ गरेको छ । उनले धरानमा र देशका अन्य भागमा संविधान र कानुनले वर्जित गरेको गौ हत्याको केसमा हिन्दुहरूले आमा समान मानी आएको गौ माताको हत्यारालाई कारबाही गर्न खरो रूपमा भाषण गरेका थिए । सरकार मौन बसेर आतंकी समुदायलाई बचाउन खोज्दा घटनाबाट पीडित भएर उनको मुखबाट त्यस्तो अभिव्यक्ति निस्किएको कुरा प्रस्ट छ । पिडामा कसैले गीत गाउँदैन । प्रतिकार अवश्य गर्दछ । यहाँ संविधानले नै निषेध गरेको गौ हत्या केसमा हत्यारालाई उन्मुक्ति दिने र हत्यारालाई कारबाही गर्नु पर्दछ भनेर सशक्त आवाज उठाउनेलाई पकडेर कारबाही अघि बढाउनुले पनि सरकारको एकपक्षीय अन्यायपूर्ण चरित्र प्रस्ट हुन आउँछ ।

– लेखक विश्व हिन्दू परिषद् नेपालका प्रचार प्रमुख हुन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ३ : ०८ बजे