दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले सुरु गर्याे काम

​​​​​​​काठमाडाैँ । ६१ किलो सुन तस्करीको सम्बन्धमा गठित जाँचबुझ आयोगले काम सुरु गरेको छ। गत आइतबार गठित जाँचबुझ आयोगले बुधबार पहिलो बैठक बसी विभिन्न निर्णयसमेत गरेको छ।

२ साउनमा त्रिभुवन विमानस्थलबाहिरबाट समातिएको ६१ किलो सुनको विषयमा एमालेले प्रश्न उठाएपछि सो विषय राजनीतिक मुद्दा बनेको थियो ।आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा अदालतसरह अधिकार पाउने गरी जाँचबुझ आयोग गठन गरेको हो ।

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठन भएको आयोगको सदस्यमा पूर्वएआइजी सहकुल थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की, गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी छन् ।

गृह मन्त्रालयको पुरानो भवनको परिसरमा उक्त आयोगको कार्यालय स्थापना गरिएको छ। बुधबार बसेको आयोगको पहिलो बैठक यस्ता निर्णय गरेको छ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  २ : १५ बजे