दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रिगललाई आम माफीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौँ । रिगल भनेर चिनिने गुन्डा नाइके योग ढकाललाई आम माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी न्यायाधीश डा मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।

रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए । मानन्धरकी श्रीमती भारती मानन्धरले यही असोज १४ गते रिट दायर गरेकी थिइन् । विसं २०७२ सालमा नेपालगञ्जमा खुँडा हानी हत्या भएको थियो ।

अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर यही असोज ३ गते संविधान दिवसका अवसरमा उनलाई सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आम माफी दिएका थिए । 

उक्त निर्णयविरुद्ध भारती न्याय खोज्दै काठमाडौँमा आइपुगेकी छन् । अदालत धाउँदै उनी माइतीघर मण्डलामा अनसनसमेत बस्दै आएकी छन् ।

तारेख धाउने क्रममा बुधबार उनी सर्वोच्च अदालतमै बेहोस भएर ढलेकी थिइन् । उनलाई वीर अस्पताल पुर्याई उपचार गरिएको थियो । आज बिहीबार पनि उनी माइतीघरमा अनसन बस्न गएकी छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १२ : ३१ बजे