दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रीता घर्तीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश समिति सदस्यसमेत रहेकी रीतासहित गंगादेवका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवविरुद्ध पनि बुधबार भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

तत्कालीन उपाध्यक्ष घर्ती र निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवसहित १३ जनाले गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गंगादेव गाउँपालिका-२ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो ।

चार लाख ६६ हजार चार सय ८८ रुपियाँ बढी रकम भुक्तानी भएको आयोगले जनाएको छ । मुद्दा दायर हुनेमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) सकल देव यादव, योजना अधिकृत (सहायक पाँचौँ) कृष्ण बहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सब-इन्जिनियर रोशनी विष्ट, खानेपानी तथा सरसफाइ टेक्निसियन बल बहादुर बस्नेत, उपभोक्ता समितिका अध्यक्ष मन बहादुर डाँगी, सचिव खडक बहादुर डाँगी, कोषाध्यक्ष चन्द्र कुमारी डाँगी, तत्कालीन उपाध्यक्ष रिता घर्ती, वडा नं.२ का तत्कालीन वडाध्यक्ष भूपाल दमाई, वडा सदस्य टिका वि.क., वडा नं.२ का तत्कालीन वडा सदस्य गन बहादुर भण्डारी र वडा सचिव कुल बहादुर योगी रहेका छन् । 

उहाँहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१० को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी निजहरूबाट बिगो असुलउपर हुन तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको ठहर गरी सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय हुने गरी मागवादी आयोगले लिएको जनाएको छ ।  

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ३ : ०२ बजे