धार्मिक आस्थाको सम्मान गरौं, राष्ट्रिय एकता जोगाऔं : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक आपसमा धार्मिक आस्थाको सम्मान गर्न आग्रह गर्नुभएको छ ।

पछिल्लो समय धार्मिक विवादमा नेपालगञ्ज लगायत विभिन्न भागमा फैलिएको अशान्तिले सहिष्णुताको हाम्रो राष्ट्रिय धर्म कमजोर बन्न पुगेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गर्नुभएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

हाम्रो समाजको मुख्य विशेषता विविधता बीचको एकता र आपसी सहिष्णुता हो। एउटाको आस्थामाथि अर्कोले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म हो । सबै धर्म र अस्थाहरु नेपाल भूमिमा सधैं संरक्षित हुँदै आएका छन्।

पछिल्लो समय धार्मिक विवादमा नेपालगञ्ज लगायत विभिन्न भागमा फैलिएको अशान्तिले सहिष्णुताको हाम्रो राष्ट्रिय धर्म कमजोर बन्न पुगेको छ। एक आपसमा धार्मिक आस्थाको सम्मान गरौं । हाम्रो राष्ट्रिय एकता जोगाऔं ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १ : ३८ बजे