नेपालगञ्जमा कर्फ्युका कारण भारतबाट फर्केका नेपाली जमुनाह नाकामा अलपत्र

नेपालगञ्ज ।  नेपालगञ्जमा हिजोदेखि लगाइएको कर्फ्युका कारण भारतबाट नेपाल आउँदै गरेका यात्रुहरू जमुनाह नाकामा अलपत्र परेका छन् । 

भारतमा रोजगारीका लागि गएका धेरै नेपालीहरू यो बेला दसैँ मनाउन घर फर्किने गर्छन् । तर नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले लगाएको कर्फ्युका कारण स्वदेश फर्किरहेका यात्रुहरू सीमा नाकामै अलपत्र परेका हुन् । 

स्थानीय प्रशासनले नेपालगञ्जको अवस्था मंगलबार सामान्य बन्दै गए पनि कर्फ्यु यथावत रहेको जनाएको छ । 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १ : १९ बजे