काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम भएको हो ।
प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार ११ : ३५ बजे
प्रतिक्रिया