दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुन तस्करी प्रकरणमा सीआईबीले लियो माओवादी उपाध्यक्ष महरासँग बयान

काठमाडौँ – सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ ।  

भेपमार्फत् सुन तस्करी प्रकरणमा सीआईबीले सोमबार पूर्वसभामुख महराको बयान लिएको हो ।  

महराका छोरा राहुल महरा साउन १३ गतेदेखि थुनामा छन् ।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग  महरा बाबु छोराको सम्पर्क देखिएको थियो । सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क रहेको बताइएको छ ।  

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : २८ बजे