दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

पैसा लुट्न जेठाजुले गरे आफ्नै बुहारीकाे हत्या,यसरी बनाएका थिए याेजना

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिकाको मसिहानीमा मृत अवस्थामा फेला परेकी कान्ती देवी बिनको आफन्तबाटै पैसा लुट्ने उद्देश्यले भएको पर्सा प्रहरीले खुलासा गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्सामा आज आयोजित पत्रकार सम्मेलनमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीमा एक्लै बस्दै आएकी कान्ती  देवीको गत असोज १ गते आफ्नै जेठाजुहरू चन्द्रिका राउत विन, अमेरिका राउत विन र चन्द्रिकाका छोरा लालबाबु राउत विनले हत्या गरेको जनाएको छ । 

प्रहरीसँगको बयानमा  अभियुक्तहरूले हत्या गरेको स्वीकार गरेपछि उनीहरूलाई समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो ।

मृतकका छोरा अर्जुन मुखिया विन विदेशबाट घर आएपश्चात् लालबाबु राउत विनको नाममा किटानी जाहेरी दरखास्त दिएको र सोही आधारमा  लालबाबुले हत्यामा आफ्नो संलग्नता स्वीकारेसँगै उनको बयानको आधारमा मृतकका जेठाजुहरू अमेरिका र चन्द्रिका पक्राउ परेको प्रहरीले जनाएको छ । 

तिनै जना अभियुक्तहरूले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेसँगै अभियुक्तहरूलाई प्रहरीले असोज १४ गते जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको छ ।

अभियुक्तहरूले मृतकको घरमा चोरी गर्ने योजना बनाएर सुरुङ खनी भित्र प्रवेश गरेको र बाक्सा फोर्न लाग्दा मृतक निद्राबाट बिउँझिएसँगै आफ्नो पोल खुल्ने डरले टाउकोमा रड र काठको फलेक प्रहार गरी बेहोस बनाएपश्चात् सिरानीले मुख थुनेर खुर्पीले घाटी रेटी हत्या गरेको अभियुक्तहरूले प्रहरी समक्ष बयान दिएका छन् । 

अनुसन्धानको क्रममा तालिम प्राप्त कुकुर र अभियुक्तहरूको पोलिग्राफ समेत परीक्षण गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ५ : २७ बजे