सामाजिक सञ्जालको एक स्टाटसले सुरु भएको नेपालगञ्जको दङ्गा,सेना परिचालनसम्म पुग्यो,होला त मत्थर ?

​​​​​​​नेपालगञ्ज। तनावग्रस्त नेपालगञ्जमा सेना परिचालन गरिएको छ ।

दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो । नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रदर्शनका क्रममा झडप हुँदा ८ जना घाइते भएका छन् । स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासनले दिउँसो १ बजेदेखि कर्फ्यू लगाएको छ । अहिले झडप रोकिएको छ । ठूलो संख्यामा प्रहरी गल्ली–गल्लीमा परिचालन भएका छन् ।

​​​​​​​

असोज १४ गते सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् आज ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधिलगयातका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुने स्थिति देखिएकाले कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

कसरी सुरु भयो दङ्गा 

केही दिन अघि मोहम्मद डे को दिनमा एक जना फेसबुक कर्ताले  नेपालगन्जबाट दुईवटा गाई हरायो मोहम्मद डे  मनाउन त गएनन्  भनेर लेखेका थिए । 

यही स्ट्याटसको पक्ष र विपक्षमा नेपागंजवासी बाढिदा अहिले यहाँ धार्मिक दङ्गा फैलिरहेको छ ।  हिन्दु पक्षधरको उक्त स्ट्याटसको स्क्रिन सर्ट सहित मुस्लिमहरूले लेख्न सुरु गरेका थिए । यही विषयमा दुई पक्षले सामाजिक सञ्जालमा विवादित स्ट्याटसहरू लेखिँदा सामाजिक सद्भाव भड्किएको हो ।  

मोहम्मद डेको दिन हाम्रो धर्म गुरुलाई हेप्ने भनेर  मुस्लिमहरूले हिजो आन्दोलन गरेका थिए । यही विषयले उग्ररुप लिएसँगै हिजो नै  सर्वदलीय बैठक बसेर आज बिहान सद्भाव र्‍याली निकालिएको थियो । सद्भाव ¥यालीपछि ओमकार भन्ने हिन्दुवादी संस्थाले गौ हत्या बन्द गर्न पर्ने भन्दै पसल बन्दको आह्वान सहित र्‍याली गरेको थियो । उनीहरूको ¥यालीमा  त्यही बेला कसैले छतबाट ढुङ्गा हाने पछि हिन्दुको र्‍यालीमा मुस्लिमले ढुङ्गा हाने भनेर दङ्गा भड्किएको हो ।

 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ५ : ०६ बजे