बझाङमा फेरि गयाे भुकम्प पछिल्लाे झन् शक्तिशाली

बैतडी । सुदूरपश्चिममा मंगलबार फेरी भूकम्प गएको छ ।

मंगलबार दिउसो ३ बजेर ७ मिनेट जादा बझाङको सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्नेच्युटको भूकम्प गएको हो ।

केहिबेर अघि २ः४०मा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प भएको थियो ।

भुकम्पले घर र धेरै विद्यालय भत्केकाे खबर आएपनि क्षतीकाे एकिन विवरण आउन बाँकी छ । 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : २४ बजे