दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रिगलको आममाफीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं। खुँडा प्रहार गरेर ज्यान लिएको आरोपमा अदालतबाट कैद सजाय तोकिएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

नेपालगञ्जका चेतन मानन्धरकी पत्नी भारतीले गत आइतबारनै रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन् ।

आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन उनले माग गरेकी छन् ।

उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय पनि बदर गर्न माग रेकी छन् ।

ढकालको खुकुरी प्रहारबाट २९ असार, २०७२ मा नेपालगञ्जका २९ वर्षीय चेतन मानन्धरको मृत्यु भएको थियो । घटनापछि भागेर भारत लुकेका उनलाई प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको थियो ।

तर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिसको अवसरमा असोज ३ गते आम माफी दिएका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ३ : ४३ बजे