नेपालगञ्जमा कर्फ्यू आदेश जारी

काठमाडौं । बाँकेको नेपालगञ्जमा कर्फ्यू लगाइएको छ ।

फेरि हिन्दू र मुस्लिम समुदायबीच झडप हुने देखिएपछि कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

आज बिहान मात्रै नेपालगञ्जमा सामाजिक सद्भाव र्‍याली निकालिएको थियो । र्‍यालीमा धर्मगुरु, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा पेशकर्मीहरू रहेका थिए ।

तर लगत्तै फेरि सद्वाव भड्किने संकेत देखिएपछि कर्फ्यू लगाइएको हो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १ : २९ बजे