दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

११ किलो सुन प्रकरण : चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ

काठमाडौं । दोलखा बरामद ११ किलो सुन प्रकरणमा थप तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिकसमेत रहेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ छन् ।

प्रहरीले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरेको हो । यस प्रकरणमा यसअघि ७ जना पक्राउ परिसकेका छन् ।

प्रहरीले दोलखाको बिगु गाउँपालिकामा तीन पटकमा गरी तस्करी गरी ल्याइएको ११ किलो सुन बरामद गरेको छ ।

थप सुन अझै भेटिने आशंका गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १ : ०२ बजे