दलित गाउँका पहिलो शिक्षक

आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँले घटेको जनाएको हो । 

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । आज तोलामा ३० रुपैयाँले घटेसँगै चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएको छ ।  

यससँगै, पछिल्लो ९ दिनमा सुनको मूल्य प्रतितोला ५ हजार ६०० ले घटिसकेको छ । 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ११ : २० बजे