नेपाल भारतसँग २३ रनले पराजित

काठमाडौँ – एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत टी-२० क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ।

मंगलबार बिहान भएको खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो। भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल नौ विकेटको क्षतिमा १७९ रन बनाएको हो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले २९-२९, कुशल भुर्तेलले २८, करण केसीले १८ र आशिफ शेखले १० रन बनाए। अन्य खेलाडले दोहोरो अंक पनि जोड्न सकेनन्।

भारतका लागि रवि विश्वईले तीन र अभेष खानले तीन-तीन तथा अर्षदीप सिंहले दुई र साई किशोरले एक विकेट लिए।

यो हारसँग नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १० : २४ बजे