काठमाडौं । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपालसामु २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको हो ।
भारतका यसस्वी जैसवालले शतकीय इंनिङ्स खेले ।उनले ४९ बलमा १०० रन जोडे । यस्तै, रुतुराज गायकवाडले २५ रन बनाए भने रिंकु सिंहले १५ बलमा ३७ रन बनाए ।
नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।
प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार ८ : ३९ बजे
प्रतिक्रिया