भारतसँग टस हारेर नेपाल पहिले बलिङमा

काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा नेपालले भारतविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको टसमा भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।

भारतले सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले भने समूह ए मा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । नेपालले टि२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ६ : ५३ बजे