एसियाली खेलकुद क्रिकेटः आज नेपाल र भारत भिड्दै

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा आज मंगलबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीको क्रिकेट मैदानमा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार बिहान ६ः४५ बजे सुरु हुनेछ ।

नेपालले टि–२० क्रिकेटमा पहिलो पटक भारतसँग खेल्न लागेको हो ।

एसियाली खेलकुदमा भारत सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

नेपालले समूह चरणमा माल्दिभ्सलाई १३८ र मंगोलियालाई २७३ रनले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एसिया कपमा भारतसँग खेलेको थियो । एकदिवसीय एसिया कपमा श्रीलंकामा नेपालले भारतससँग खेलेको थियो । उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ६ : ४५ बजे