दलित गाउँका पहिलो शिक्षक

विमानस्थल कार्यालयले भन्यो – दशैंमा घर आउँदा अरुका उपहार नल्याउनू

काठमाडौं । दशैं तिहार तथा छठको अवसरमा विदेशबाट नेपाल आउने यात्रुलाई अन्य व्यक्तिको उपहार नल्याउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सचेत गराएको छ ।

आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएको वा राजस्व तिरेर ल्याउन सकिने भनेर उल्लेख गरिएका बाहेक सामान नल्याउन अनुरोध गरिएको हो ।

त्रिभुवन विमानस्तल भन्सार कार्यालयले आज एक विज्ञप्ती जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

कार्यालयका अनुसार पछिल्लो समय साउदी, युनाइटेड अरब इमिरेट्स, कतार, हङकङ, थाइल्याण्डलगायतबाट अरुको मालवस्तु लिएर आउनेहरू कारवाहीमा परिरहेका छन् ।

ती क्षेत्रबाट त्रिभुवन विमानस्थलमा आफन्त लिन आउने भन्दै ल्यापटप, मोबाइल, सुन, घडी लगायतका सामान नेपाल फर्किर्दैं गरेकालाई पठाइन्छ । यसरी अरुको उपहार लिएर आउँदा यहाँ कारवाहीमा पर्न सकिने भन्दै कार्यालयले चेतावनी दिएको हो।

यसरी अरुले पठाएको उपहार पनि लिएर आउँदा मापदण्ड भन्दा बढी मालवस्तु हुन जाने र भन्सार तथा प्रहरीको कारवाहीमा परेर उक्त मालवस्तु जफत हुन सक्ने जनाइएको छ ।

योसँगै जरिवानावापत दोब्बर मूल्य बरबर धरौटीसहित कैद सजायसमेत हुन सक्ने विमानस्थल कार्यालय बताएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ४ : ५१ बजे