दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

पिंगलास्थानस्थित डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण,घटनास्थलमा पेस्तोल भेटियाे

काठमाडौं। काठमाडौं महानगरपालिका–९ स्थित पिंगलास्थानमा रहेको डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि छुरा प्रहार भएको छ।

साजन हुसेनको भाई साविर हुसेनलाई चक्कु प्रहार गरेर २ जना फरार भएको प्रहरीले जनाएको छ।

अपरिचित व्यक्तिले आक्रमण गर्दा घाइते भएका सविरलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

घटनास्थलमा एकथान कटुवा पेस्तोल र गोली पनि फेला परेको प्रहरीले जनाएको छ । गाेली चले नचलेकाे पुष्टी नभएकाे प्रहरीले जनाएकाे छ । 

आक्रमणकारीको साथमा रहेको पेस्तोल घटनास्थलमा खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १२ : ४२ बजे