काठमाडौंको गौशालामा गोली चल्यो, एकजना घाइते

काठमाडौं । काठमाडौंको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन्।

सोमबार गौशालामा एक जनामाथि गोली प्रहार भएको प्रहरी स्रोतले बतायो। गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ । घाइतेको खुट्टामा चोट लागेको छ।

घाइतेको परिचय खुल्न बाँकी छ। गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर फरार भएका छन् ।

प्रहरीले फरार भएका व्यक्ति खोजी गर्न थालेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १२ : २० बजे