दलित गाउँका पहिलो शिक्षक

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ११ : १४ बजे