दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

ढुंगाले थिचेको अवस्थामा चार किलो सुन बरामद

दोलखा । दोलखामा प्रहरीले थप चार किलो तस्करीको सुन बरामद गरेको छ । यसअघि प्रहरीले दुई पटक गरी सात किलो बरामद गरेकामा तेस्रो पटक थप चार केजी बरामद भएको हो ।

आइतबार बिगु गाउँपालिका–१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा प्रहरीले चार किलो सुन बरामद गरेको हो । सुन तस्करी गरी लुकाउने व्यक्ति फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तस्करीमा संलग्न थप २ जना पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विगु गाउँपालिका–१ लामाबगर ३० वर्षीय चसमान तामाङ र अन्दाजी २७ वर्षीय राज तामाङ रहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : २० बजे