दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अभिनेता अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – अभिनेता अनमोल केसीलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडाैं जिल्ला अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

अदालतले केसीविरुद्ध ३ दिन म्याद थप गर्न अनुमति दिएको हो। शुक्रबार पक्राउ परेका केसीको म्याद आज (आइतबार) नै सकिनेछ। सो अनुसार उनी आजै हिरासमुक्त हुने सम्भावना छ।

केसीलाई थप हिरासतमा राख्नुपर्ने भएमा प्रहरीले भोलि पुनः अदालत उपस्थित गराउनुपर्ने हुन्छ।

केसीलाई शुक्रबार साँझ दोलखाबाट फर्कने क्रममा प्रहरीले काभ्रेको साँगाबाट पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेपछि केसी हिरासतमा नबसेर अस्पताल भर्ना भएका थिए। 

उनलाई आइतबार प्रहरीकै समन्वयमा अस्पतालबाट काठमाडौं जिल्ला परिसर टेकु लगिएको थियो। त्यहाँबाट म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुर्‍याइएका केसीबारे जिल्ला अदालत काठमाडौंमा बहस भएको थियो।

‘रावायण’ फिल्ममा अभिनयका लागि १० लाख रुपैयाँ लिएर पनि सुटिङमा नआएर धोका दिएको भन्दै निर्माताले जाहेरी दिएपछि प्रहरीले अभिनेता केसीलाई प्रहरीले पक्राउ गरेको थियो।

६५ जना प्राविधिकलाई पनि पारिश्रमिक दिइसकेको र सबै गरेर त्यति रकम खर्च भइसकेको निर्माताले प्रहरीसामु दाबी गरेका छन्।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ०३ बजे