दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सप्तरीकाे मोहनपुरबाट १०० थान वाकिटकी बरामद

काठमाडौं । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका-२ मोहनपुरबाट करिब आठ लाख रुपैयाँ बराबरको चोरीपैठारीको रेडियो सेट (वाकिटकी) बरामद भएको छ । भारतबाट अवैध रूपले ल्याउँदै गरेको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट आइतबार सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो ।

उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए । विशेषगरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न नसकेको प्रहरीले जनाएकाे छ ।

यसैगरी सोही जिल्लाको बलानविहुल गाउँपालिका-४ बेल्हीस्थित सीमा इलाकाबाट असोज १२ गते करिब दुई लाख २५ हजार रुपैयाँ बरारको चोरीपैठारीको एक थान प्रिन्टर मसिन र एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । भारतीय नम्बर प्लेटको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको प्रिन्टर मसीनसहितको मोटरसाइकल बिओपी बेल्हीले नियन्त्रणमा लिएको हो ।

बरामद रेडियो सेट, प्रिन्टर मसिन र मोटरसाइकल आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ५ : ३५ बजे