थप ५७ वटा हिमाल आरोहणका लागि खुला

ईःसँगको सहमतिको स्वागत गर्दै र्‍याली

काठमाडौं  । काठमाडौं महानगरपालिकाले अभियन्ता ईःसँग गरेको सहमतिको स्वागत गर्दै फूटपाथ व्यवसायीले आइतबार र्‍याली निकालेका छन्।

उनीहरूले महानगरलाई धन्यवाद दिंदै अभियन्ता ईःसँग गरेको सहमति कार्यान्वयन गर्न माग गरेका छन्। महानगरले सडक किनारबाट हटाइएका साना व्यवसायीलाई व्यापारका लागि वैकल्पिक व्यवस्था गर्ने सहमति गरेको थियो।

साना व्यवसायीलाई व्यापार गर्न वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्दै अभियन्ता ईःले राष्ट्रिय सभागृह अगाडि १९९ घण्टा उभिएर विरोध जनाएका थिए। त्यसपछि महानगरले साना व्यवसायीलाई व्यवस्थापन गर्ने सहमति गरेको थियो।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ४ : ५१ बजे