दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुन तस्करी प्रकरणः मन्त्रिपरिषदद्वारा चार सदस्यीय जाँचबुझ आयोग गठन

काठमाण्डौ । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्व न्यायाधीश डिल्लिराज आचार्यको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले उच्चअदालतका पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा अर्थ विज्ञ किशोरजंग कार्र्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा सदस्य रहेको जाँचबुुझ आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुुभयो । 

आयोगले सुनको अवैध तस्करी र पैठारी सम्बन्धी अध्ययन गरी प्रतिवेदन पेश गर्ने सरकारको प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले जानकारी दिनुुभयो ।
यसैगरी, प्रधानमन्त्री प्रचण्डले नेपाल आयाल निगमले हिजो रातीदेखि लागु हुने गरी गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल कार्यान्वयन नगरी पुरानै मुल्य यथावत राख्न निगमलाई निर्देशन दिनुु भएको सञ्चारमन्त्री शर्माले जानकारी दिनुुभयो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १ : ५३ बजे