साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

विवेक ओझाको ‘ऐँठन’ ले पायो मदन पुरस्कार, जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई

काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई प्रदान गरिने भएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिने निर्णय भएको छ । मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशि रु चार लाख रहेको छ ।

विवेकको दोस्रो कृति ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु छ । विवेकले यसअघि ऐलानी उपन्यास बजारमा ल्याएका थिए ।

एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई मदन पुरस्कार प्रदान गरिन्छ । यो पुरस्कारका लागि अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरुमध्येबाट ऐँठन छनोट भएको हो । उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर थिए ।

२०७८ को मदन पुरस्कार नवराज लम्सालको अग्नि र जगदम्बा श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठले पाएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १२ : १४ बजे