सुनको मूल्यमा नयाँ कीर्तिमान

१९ औं एसियाली खेलकुद : नेपालले दियो माल्दिभ्सलाई २१३ रनको लक्ष्य

काठमाडौं । नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । 

चीनमा भइरहेको १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको हो । 

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोडेका हो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले ४७ र कुशल भुर्तेलले ३५ रन बनाएको खेलमा माल्दिभ्सले फराकिलो चुनौती पाएको हो ।

यसो त ६७ रनमा ४ विकेट गुमाएको नेपालको खेललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेर २१३ रनको लक्ष्य दिएका हुन ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : १० बजे