थप ५७ वटा हिमाल आरोहणका लागि खुला

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, मधेश, बागमती, र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ७ : ०६ बजे