बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

अभिनेता अनमोल केसी अस्पताल भर्ना

काठमाडौँ – अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार साँगाबाट पक्राउ परेका अभिनेता केसीले छाती दुखेको र श्वास फेर्न गाह्रो भएको भनेपछि अस्पतालमा भर्ना गरिएको हो ।

केसीलाई गएराति साढे ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए ।

रावायण नाम फिल्म खेल्नका लागि १० लाख रूपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै चन्द्रकला कटवाल थापाले अनमोलविरुद्ध उजुरी दिएकी थिइन्।  पटक पटक छलफलका लागि बोलाउँदा पनि अनमोल नआएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको थियो ।

अनमोलविरुद्ध परेको उजुरीमाथिको कारबाही आइतबारदेखि सुरू हुनेछ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ९ : २७ बजे