दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

थप ३ किलो सुन बरामद, पक्राउ पर्नेको संख्या ६ पुग्यो

काठमाडौं । दोलखाको सिंगटीबाट प्रहरीले थप ३ किलो सुन बरामद गरेको छ।

यसअघि बुधबार चार केजी सुन बरामद गरिएकोमा शुक्रबार थप तीन किलो बरामद गरेको हो । बिगु गाउँपालिका १ का स्थानीय २८ वर्षीय केशर तामाङको डेरामा खानतलासी गर्दा ३ केजी सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

केशरलाई प्रहरीले बुधबार नै पक्राउ गरेको थियो । यस्तै हिजो पनि प्रहरीले सुनसँगै थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु–१ नै घर भएका राज तामाङ रहेका छन् ।

हालसम्म पक्राउ पर्नेको संख्या ६ पुगेको छ । यसअघि प्रहरीले केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ७ : ४० बजे