मार्फामा बढ्दै पर्यटक

एक दशक लामो फुटबल करियर त्यागेर विमल घर्तिमगर अष्ट्रेलिया उडे

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले देश छाडेका छन्। शुक्रबार बिहान उनी अस्ट्रेलियाका लागि प्रस्थान गरेका हुन्।

उनले नेपाली राष्ट्रिय टिमबाट सन् २०१२ मा १४ वर्षको उमेरमा डेब्यू गरेर चर्चा कमाएका थिए। सन् २०१३ को साफमा १५ वर्षको उमेरमा राष्ट्रिय टिमका लागि गोल गर्दै उनी नेपालका लागि गोल गर्ने कान्छा खेलाडी बनेका थिए।

पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन्। यसअघि स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया गइसकेका छन्।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ५ : ११ बजे