साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

हेटौँडा अस्पतालमा क्यान्सर पत्ता लगाउनका लागि परीक्षण सेवा

वाग्मती – हेटौँडा अस्पतालमा पहिलोपटक अर्बुद रोग पत्ता लगाउनका लागि परीक्षण सेवा शुरुआत गरिएको छ ।

शरीरका विभिन्न भागमा अर्बुद छ कि छैन भनेर पत्ता लगाउनका लागि परीक्षण शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा ल्याबोरेटोरी मेसिनका माध्यमले अर्बुद पत्ता लगाउन शुरु गरिएको हो । रगतका माध्यमले गरिने यो परीक्षणबाट महिलाको पाठेघर, पुरुषको अण्डकोष र  प्रोस्टेड परीक्षणका लागि काम शुरु गरिएको उहाँले बताउनुभयो । 

रगतका माध्यमले पत्ता लगाइने अर्बुद जचाउन आउने सेवाग्राहीलाई अस्पतालले सस्तोदरमा सेवा दिएको उहाँले बताउनुभयो । सरकारी अस्पताल बाहिर परीक्षण गर्दा तेब्बर मूल्य तिर्नुपर्ने बाध्यता भोग्दै आएका सेवाग्राहीका लागि यो सेवा प्रभावकारी हुने उहाँले जानकारी दिनुभयो । । 

यसैगरी शरीरको हड्डी कमजोर भएकालाई भिटामिन डी र शरीरमा भिटामिनको मात्रा पुग्छ कि पुग्दैन भनेर गरिने डी १२ कोे परीक्षण  पनि शुरु गरिएको छ । हेटौँडा अस्पतालमा एकपछि अर्को सेवा थपिँदै जानाले मकवानपुरसहित छिमेकी चितवन , बारा,पर्सा जिल्लावासीका लागि सामान्य बिरामी हुँदा पनि भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ ।

अस्पतालमा बालरोग विशेषज्ञ, सर्जरी विशेषज्ञ, हड्डी रोग विशेषज्ञ, महिला रोग विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ, फिजियोलोजिष्टलगायतका विविध रोगका विज्ञ चिकित्सक रहेका       छन् । सरकारी मान्यतानुसार ५० शय्याको सो अस्पतालमा हाल उचित व्यवस्थापनसहित १२० शय्या सञ्चालनमा रहेको छ । बिरामीको नियमित उपचारबाहेक हेटौँडा अस्पताललले विभिन्न जटिल प्रकृतिका नाक, कान, घाँटी, हड्डी, पत्थर, आन्द्रा, पाठेघरलगायतका उचित शल्यक्रियासमेत यस अस्पतालबाट सेवा प्रभाव गर्ने गरिन्छ ।

वाग्मती प्रदेश सरकारमातहत सो अस्पताल आएपछि अस्पतालमा व्यापक सेवा सुधारसँगै परिवर्तन आएको छ । बालरोग, प्रसूति, हाडजोर्नी, सर्जन, रेडियोलोजिष्टलगायत विभिन्न विशेषज्ञ चिकित्सक तथा फिजिसियनको सेवा एवं सम्पूर्ण परीक्षण  अस्पतालमै हुने भएपछि सेवाग्राहीको घुइँचो लाग्न गरेको छ ।  अस्पतालमा ५२ मेडिकल अफिसरसहित २१० कर्मचारी कार्यरत छन् ।  
 

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  १ : २५ बजे