बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

शिक्षक चढेको गाडी दुर्घटना,१० जना घाइते

काठमाडौं- राहात शिक्षकको आन्दोलनमा काठमाडौं आइरहेका सिन्धुलीका शिक्षक दुर्घटनामा परेर घाइते भएका छन् । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । ति मध्ये अधिकांस शिक्षक हुन् ।

सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी आज बिहान ७ः५० बजेतिर सडक किनारको नालीमा पल्टिएको थियो ।

दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं। ६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई नगरपालिका ५ बस्ने ४६ वर्षीया कमला घिमिरे, कमलामाई नगरपालिका वडा नं। १ बस्ने ३४ वर्षीय मुकुन्द थापा, सोही स्थानका ४१ वर्षीय भुवन थापा घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए । सिन्धुलीको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारका अनुसार काठमाडौंमा जारी रहेको राहात शिक्षकको आन्दोलनमा सहभागी हुन आउदा दुर्घटनामा परेर घाइते भएका हुन् । उनीहरु अधिकांस शिक्षक हुन् ।

यसैगरी सिन्धुलीकै कमलामाई नगरपालिका वडानम्बर ४ बस्ने ४० वर्षीया बबिता देवकोटा, वडा नं। ६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनको ११ वर्षीय छोरा निश्चल तथा कमलामाई नगरपालिका ६ का ४० वर्षीय सरोज थापा पनि घाइते भएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ११ : ३० बजे